मंगोलियाको प्रदूषण नियन्त्रणका लागि एडीबीको १६ करोड डलर सहयोग

मंगोलियाको प्रदूषण नियन्त्रणका लागि एडीबीको १६ करोड डलर सहयोग


एसियाली विकास बैंक (एडीबी) ले मंगोलियामा दुईवटा परियोजना सञ्चालनका लागि करिब १६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

एडीबीले बिहीबार जारी गरेको विज्ञप्तिमा यो ऋणबाट मंगोलियामा वायु प्रदुषण रोकथाम गर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने सरकारको योजनामा मद्दत पुग्नेछ ।

मंगोलियाका लागि एडीबीका निर्देशक पावित रामचन्द्रनले राजधानी उलान बटोरको वायुको गुणस्तरमा निकै सुधार भए पनि शहरमा मानिसको स्वास्थ्य समस्या निकै जटिल रहेको बताए । एडीबीले मंगोलियाका लागि उपलब्ध गराएको यो दोस्रो ऋण सहयोग हो ।

उलान बटोरमा करिब ८ लाखको बसोवास छ । नगरमा खानेपानी, विद्युत र ढलजस्ता आधारभूत सुविधाको निकै कमी छ ।

स्थानीयवासीले पर्याप्त विद्युतको अभावमा कमजोर गुणस्तरको कोइला र मट्टीतेल बाल्ने गर्दछन् जसका कारण घरभित्र र बाहिरको वातावरण निकै प्रदूषित रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।