‘तेस्रो’लाई ‘पहिलो’ बनाएपछि भारतका उसु खेलाडीद्वारा पदक बहिस्कार

‘तेस्रो’लाई ‘पहिलो’ बनाएपछि भारतका उसु खेलाडीद्वारा पदक बहिस्कार


भारतका उसु खेलाडी ज्ञानदास सिंहले आफुले जितेको पदक बहिस्कार गरेका छन् । सिंहले थाउलोतर्फ जितेको रजत पदक बहिस्कार गरेका हुन् ।

गत बुधबार (१८ मंसिर)मा सम्पन्न खेलमा धाँधली भएको र आफूले जितेको स्वर्ण पदक श्रीलंकन खेलाडीलाई प्रदान गरेकोमा आपत्ति प्रकट गर्दै उनले रजत पदक बहिष्कार गरेका हुन् ।

उक्त दिन पदक वितरण समारोहमा अनुपस्थित भएका सिंह बिहीबार आयोजित पदक वितरण समारोहमा पनि अनुपस्थित थिए ।

मंसिर १८ गते सिंहको कारणले पदक वितरण समारोह रोकिए पनि बिहीबार धने उनको उपस्थितिविना नै विजयी खेलाडीहरूलाई पदक वितरण गरिएको छ । विजयी खेलाडीलाई नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले पदक वितरण गरेका थिए ।

बताइए अनुसार रेफ्री र जजहरूको लापर्वाही र अवान्छित मिलेमतोका कारण उक्त खेलमा विवाद उत्पन्न भएको हो । भारतका खेलाडी ज्ञानदास सिंहले स्वर्ण, नेपाली खेलाडी हरिप्रसाद गोलेले रजत र श्रीलंका खेलाडी थारिदु नमल अनुराथाले काश्य पदक जित्नुपर्नेमा रेफ्री र जजहरुले तेस्रो स्थान प्राप्त गरेको खेलाडी अनुराथालाई स्वर्ण पदक दिलाएपछि विवाद उत्पन्न भएको थियो ।