व्यक्तिगत स्पर्धामा स्वर्ण जित्दै गौरिकाले रचिन् कीर्तिमान

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्दै गौरिकाले रचिन् कीर्तिमान


चर्चित पौडीखेलाडी गौरिका सिंहले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्नुका साथै नयाँ कीर्तिमान बनाएकी छिन् ।

सातदोबाटोस्थित नयाँ हिटिङ पौडी पोखरीमा सञ्चालन भएको २०० मिटर फ्री स्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले उक्त दुरी २ मिनेट ५.०६ सेकेन्डमा पार गरेकी थिइन् ।

साग खेलकुदको इतिहासमा पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्णपदक जित्ने गौरिका पहिलो खेलाडी बनेकी छिन् । त्यस्तै, नेपालले पनि पहिलोपटक व्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण प्राप्त गरेको छ ।

कीर्तिमानी खेलाडी गौरिकाले यसअघि भारतको गुवाहटी र सिलोङमा सम्पन्न भएको १२औँ सागमा रजत पदक जितेकी थिइन् ।