कपिलवस्तुको पशुपति मन्दिर दर्शन गर्दै पूर्व ‘श्री ५’

कपिलवस्तुको पशुपति मन्दिर दर्शन गर्दै पूर्व ‘श्री ५’


■ विशेष प्रतिनिधि, कपिलवस्तु

साताव्यापी भ्रमणको क्रममा प्रदेश ५ मा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आज (२० मंसिर) कपिलवस्तु आउँदै हुनुहुन्छ । गोरुसिंगेस्थित पशुपति मन्दिर दर्शनका लागि उहाँ कपिलवस्तु आउन लाग्नुभएको हो ।

पूर्वराजाको कपिलवस्तु आगमन हुने भएपछि राजसंस्था पक्षधरले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । बिहीबार पाल्पा र त्यसभन्दा अगाडि रुपन्देहीका विभिन्न धार्मिकस्थलको दर्शन गर्नुभएका पूर्वराजाले कपिलवस्तुमा पनि उहाँका शुभचिन्तक र नागरिकसँग भेटभाट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

उहाँले कपिलवस्तुको चारनम्बर जीतपुरमा ओर्लिएर केही समय नागरिकसँग भेटघाट गर्ने जनाइएको छ । यद्यपि यसको समय भने तय भएको छैन । गोरुसिंगेमा चाहिँ शुक्रबार दिउँसो ३ बजे पशुपति मन्दिर पुग्ने राजानिकट स्रोतले जानकारी दिएको छ । पूर्वराजाको आगमनको सुचनाले उहाँलाई भेटघाट गर्न राप्रपा कपिलवस्तु, हिन्दु धर्मसँग सम्बन्ध संघसंस्था तथा राजसंस्थावादी व्यक्तिहरुले स्वागतको तयारी गरेका छन् ।