अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छ : प्रचण्ड

अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छ : प्रचण्ड


कालापानी सीमा समस्याको समाधानको लागि पहिले राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कोशिश गर्नुपर्ने धारणा प्रचण्डले अघिसारेका छन् । प्रेस सङ्गठन नेपालद्वारा धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले अभिव्यक्ति नदिएको जिकीर गर्दै शुरुमै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने धारणा राखेका हुन् ।

सरकारले सो विषयमा भारतलाई पत्र पठाएको तर त्यसको जवाफ भने आइनसकेको उनले जनाए । सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सो काम भएको भन्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको दाबी गरे । लिम्पियाधुरा नै महाकाली नदीको मुहान रहेको र महाकाली सीमा नदी हो, यसमा कहीँ कतै अन्योल नरहेको पनि उनले बताए ।