जिप दुर्घटनामा चालकको मृत्यु

जिप दुर्घटनामा चालकको मृत्यु


डोटीको जोरायल गाउँपालिका– २ मा से.१ज २०३९ नम्बरको महेन्द्रा जिप गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जिपचालक आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ । जिप के–कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।