विप्लव नेकपाको युवा सङ्घका जिल्लासचिव पक्राउ

विप्लव नेकपाको युवा सङ्घका जिल्लासचिव पक्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भातृ संगठन युवा सङ्घका बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा २१ वर्षीय सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले बुधबार गलकोटबाट पक्राउ गरेको हो ।

बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले दिएको जानकारीअनुसार सुनारको साथबाट विप्लवको पार्टीका आन्तरिक कागजात, पोष्टर, पम्प्लेटहरु बरामद गरिएको छ । पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।