टेनिसमा नेपाललाई ऐतिहासिक सफलता

टेनिसमा नेपाललाई ऐतिहासिक सफलता


नेपालले १३औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत टेनिस खेलमा ऐतिहासिक दुई काश्यपदक जित्न सफल भएको छ । सातदोबाटोस्थित टेनिस कम्पलेक्समा सम्पन्न खेलमा नेपालले यो उपलब्धि हासिल गरेको हो ।

नेपालले उक्त काश्य पदक टेनिसको महिला र पुरुष टीम इभेन्टमा जितेको हो । यो विजयसँगै सागमा नेपालले पदकको खाता पनि खोलेको छ ।