‘टिलपिल टिलपिल तारा’सहित शाहको पुनरागमन

‘टिलपिल टिलपिल तारा’सहित शाहको पुनरागमन


विक्रमजंग शाह म्युजिक भिडियोसहित बाह्र वर्षपछि पुनः कला क्षेत्रमा फर्किएका छन् । देश–विदेशका स्टेज कार्यक्रमहरूमा आफ्नो अब्बल प्रस्तुति दिँदै आएका शाह अहिले भने ‘टिलपिल टिलपिल तारा’ म्युजिक भिडियोसहित कला क्षेत्रमा पुनरागमन गरेका हुन् ।

यसअघि थुप्रै गीत तथा एल्बम बजारमा ल्याएर कला क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाइसकेका शाहलाई ‘टिलपिल टिलपिल तारा’मा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । म्युजिक भिडियोमा मोडल तथा नायिका सुपुष्पा भट्टको अभिनय रहेको छ ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सचिवसमेत रहेका शाह हालै अमेरिकामा आफ्नो कला प्रस्तुत गर्दै फर्किएका हुन् । ‘टिलपिल टिलपिल तारा’ भिडियो युट्युबमार्फत सार्वजनिक भएसँगै शाह क्यानडामा आयोजना हुन गइरहेको सार्क कल्चर फेस्टिव एन्ड म्युजिक अवार्ड २०२० क्यानाडा कार्यक्रमको तयारीमा जुटेका छन् ।

सुमन श्रापितको शब्द, जीवन परियारको संगीत र सुदीप सागरको संगीत संयोजन रहेको ‘टिलपिल टिलपिल तारा’ भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनको समेत ज्वलन्त अभिनय छ ।

यसैगरी भिडियोमा संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।