ट्युनिसियामा मृत्यु हुने पर्यटकको सङ्ख्या २६ पुग्यो

ट्युनिसियामा मृत्यु हुने पर्यटकको सङ्ख्या २६ पुग्यो


ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ । देशको उत्तरी क्षेत्रमा गत आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेर २६ पुगेको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

घटनामा परेर अरु १७ जना घाइते पनि भएको जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेका छन् । दुर्घटनामा परेका सबै जना ट्युनिसियाका नागरिक हुन् ।

राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको थियो । दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु सवाररहेका थिए ।

प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ । देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

देशका राष्ट्रपति कैस सैद र बाहिरिँदै गरेका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गरेका थिए ।

खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ । गत वर्ष सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार एक सय नागरिकको मृत्यु भएको थियो ।