गोदरेजको ‘फ्रि कपल ट्रिप टु बाली’ अफर थापा जोडीलाई

गोदरेजको ‘फ्रि कपल ट्रिप टु बाली’ अफर थापा जोडीलाई


एक विश्वसनीय ब्राण्डको रूपमा स्थापित ‘गोदरेज अप्लाएन्सेस’ले चाडपर्वको अवसरमा ग्राहकमाझ ल्याएको ‘फ्रि कपल ट्रिप टु बाली’ योजनाको लक्की–ड्र गोदरेजको नतिजा सार्वजनिक गरिएको छ ।
गत भाद्र २० देखि कार्तिक ३० सम्म लागू गरिएको उक्त योजनाअनुसार गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरू (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की–ड्र मार्फत बाली भ्रमणको अवसर पाउने जनाइएको थियो ।

कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित शो–रुममा हालै लक्की–ड्र सम्पन्न गरिएको हो । फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी दुई भाग्यशाली जोडीले बाली (इन्डोनेसिया) जाने अवसर प्राप्त गरेका छन् ।