ट्राइयाथलनमा स्वर्ण जित्ने सोनीलाई एक लाख दिने घोषणा

ट्राइयाथलनमा स्वर्ण जित्ने सोनीलाई एक लाख दिने घोषणा


ट्राइयाथलन खेलाडी सोनी गुरुङले ट्राइयाथलनमा स्वर्ण पदक जितेकी छिन् । उनले दक्षिण एशियामा ट्राइथालनको पावर मानिने भारतलाई पछि पार्दै स्वण हात पारेकी हुन् ।

सोनीले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन् । पौडी र साइक्लिङमा पछिपरेकी उनले दौडमा आफूलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन् ।

विजयी गुरुङलाई नेपाल ट्राइयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् । यसैगरी, गण्डकी प्रदेशका माननीय सांसद दीपक कोइरालाले खेलाडीलाई प्रोत्साहनस्वरुप नगद २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

पोखराको फेवा लेकमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ नेपाली खेलाडी वसन्त थारु कास्यमा सीमित भए । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पूरा गरे । पुरुषतर्फ पहिलो र दोश्रो स्थान भारतले हात पा¥यो ।

भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र बिश्वरजित साइखोमले १ घन्टा २ मिनट ५९ सेकेन्डमा साथ स्वर्ण र रजत प्राप्त गरे ।