उपनिर्वाचनको सबै स्थानको नतिजा सार्वजनिक

उपनिर्वाचनको सबै स्थानको नतिजा सार्वजनिक


शनिबार सम्पन्न उपनिर्वाचनको सबै स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । जम्मा ५२ स्थानका लागि भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाले ३०, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ पदमा आफ्नो जित दर्ता गराएका छन् । यसैगरी समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३ तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी बनेका छन् ।

प्रतिनिधि सभा १, प्रदेश सभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २३ वडाध्यक्ष पदमा नेकपाले विजय हासिल गरेको छ । यसैगरी १ प्रदेश सभा सदस्य, एक उपमहानगरपालिका मेयर र १२ वडाध्यक्ष गरी १४ पद नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।

त्यस्तै, समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडाध्यक्ष पदमा जित हात पारे भने एउटा वडाध्यक्ष पद स्वतन्त्र उम्मेदवार जितेका छन् ।

पहिले जितेको भक्तपुरको प्रदेश सभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर नेकपाले गुमाएको छ ।