‘सिड्नी’का कांग्रेस एउटै छातामुनि

‘सिड्नी’का कांग्रेस एउटै छातामुनि


■ प्रकाश हुमागाईं, सिड्नी

लामो छलफल र आन्तरिक गृहकार्यपछि नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रवादीहरुको सिड्नीमा सम्पन्न बृहत् भेलाले इथान शाक्यको अध्यक्षतामा जनसम्पर्क समिति अस्ट्रेलिया (एनएसडब्लु) राज्य समितति गठन गरेको छ ।

सिड्नीको इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न उक्त घोषणासभामा सिड्नीलगायत अस्ट्रेलियाको अन्य राज्यहरुबाट समेत जनसम्पर्क समितिका पदाधिकारी एवम् प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलाले समितिको उपाध्यक्षमा रामजी बस्नेत, महामन्त्रीद्वयमा सुर्य खनाल र निजन चौलागाईं, सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजङ कुँवरलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा अर्जुन गौतम, सागर काफ्ले, श्रीपती तिवारी, कृष्ण पोखरेल, पुष्कर भट्ट, सन्देशराज भण्डारी, परमानन्द शाह र सुभम सिङ रहेका छन् । समितिको सल्लाहकारहरुमा पत्रकार प्रकाश हुमागाईं, डा. देवेन्द्र सापकोटा, लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन गरिएको छ ।

जनसम्पर्क समितीका छिरिंङ लामाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमका पदाधिकारीहरुले नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको अनुयायी हुन पाउनु गर्बको बिषय भएको बताए ।

बिपीको फोटोमा पुप्पगुच्छा अर्पण गरेर प्रारम्भ गरिएको कार्यक्रममा एनआरएन आइसीसीका केन्द्रिय उपाध्यक्ष मन केसीले निर्वाचित पदाधिकारीहरुलाई बधाइ दिँदै नेपाली कांग्रेसलाई विदेशमा पनि एकताको सुत्रमा बाँध्न यसले महत्वपुर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

मुलुकभन्दा सात समुन्द्र पारी कर्मभूमिमा विचारले जोडिएका प्रजातन्त्रवादीहरुबीच देखिएको असमझदारीलाई आपसी छलफलबाट समाधान गर्न सकिने र फुटेर होइन जुटेर जानुपर्ने अहिलेको परिरिस्थितिमा यो समितिले महत्वपूर्ण भुमिका निर्वाह गर्ने वक्ताहरुले बताए ।

एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, आइसीसी सदस्य अरुण ठाकुर, एनएडीएफका अध्यक्ष विवेक थापा, एनएडीएफका पूर्वअध्यक्षहरु डिल्लीराम ढकाल, बालचन्द्र भट्टराई, महेन्द्र लम्साल, एनआरएनका पूर्वकोषाध्यक्ष डिला खरेल, नयाका अध्यक्ष प्रकाश अर्याल, चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटि, एनआरएन अस्ट्रेलियाका पूर्वउपाध्यक्ष नन्दु गुरुङलगायतले समितिको कार्यकालको सफलताको कामना गरेका थिए ।

त्यसैगरी भेलामा कार्यक्रममा भाग लिन मेलबर्नबाट आएका जनसम्पर्क समिति भिक्टोरियाका कार्यवाहक अध्यक्ष विनित शर्मा, कांग्रेसी अगुवा सोमप्रसाद गुरुङ, साउथ अस्ट्रेलियाका अर्जुन लम्साल, क्यानबेराका अशोक बस्नेत लगायतका बक्ताहरुले विचारले बाँधेको संस्थालाई व्यक्तिगत स्वार्थमा हिँडाउने प्रयास गर्दा अस्ट्रेलियामा कांग्रेस एकतामा बाँधिन नसकेको खुलासा गरे । पूर्व आइसीसी सदस्य दिनेशराज जोशीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष इथान शाक्यले एनएसडब्लु राज्यमा छरिएर रहेका कांग्रेसीहरुलाई एउटै छातामुनि ल्याएर संगठनलाई बलियो बनाउने उद्देश्यले सस्थाको जन्म भएको बताए ।