रोकिराखेको टिपरमा मोटरसाइकलले ठक्कर दिँदा दुईको मृत्यु

रोकिराखेको टिपरमा मोटरसाइकलले ठक्कर दिँदा दुईको मृत्यु


पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गएराति मोटरसाइकलले ठक्कर दिँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे.१ब१४४८ नम्बरको टिपरलाई ना.४३प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन् । सो घटना गएराति भएको थियो ।

यसैगरी, सैनामैना नगरपालिका–४ स्थित रामलखनपुरामा सोमबार एकजना मृतावस्थामा फेला परेका छन् । कपिलवस्तुका वाणगंगा निवासी ४२ वर्षीय जग्गु चौधरीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, मुर्गियाले जनाएको छ ।