एअरबसका १६ कर्मचारी जासूसी गरेको आरोपमा बर्खास्त

एअरबसका १६ कर्मचारी जासूसी गरेको आरोपमा बर्खास्त


जासूसी गरेको आरोपमा यूरोपेली विमान कम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई बर्खास्त गरेको छ । कम्पनीको नियमविपरीत अन्य संस्थाका लागि ती कर्मचारीले जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो ।

जर्मनीको राष्ट्रिय समाचार संस्था डीपीएका अनुसार एअरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस विषयमा बिस्तृत विवरण उनीहरूलाई दिइएको छैन ।

“जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एअरबसका कर्मचारीमाथि आन्तरिक जासूसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका कम्पनीनिकट स्रोतको उद्धृत गर्दै एएफपीले जनाएको छ ।

बर्खास्तगीमा परेकाहरुले म्यूनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआइएस) मा साइबर सुरक्षा तथा सम्बन्धित गतिविधिका लागि काम गर्ने गरेका एयरबसको आरोप छ ।

यस विषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिक रूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।

कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एअरबसले यसपहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बर्खास्तमा परेका एअरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य विषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।