महिला भलिबलमा नेपाल फाइनलमा

महिला भलिबलमा नेपाल फाइनलमा


१३औँ सागअन्तर्गत महिला भलिबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित गरेपछि फाइनलमा प्रवेश गरेको हो ।

अब फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ को सिधा सेटमा पराजित गरेको थियो । नेपाल र भारतबीचको फाइनल खेल मंसिर १७ गते मंगलबार हुने छ ।

त्यस्तै पुरुषतर्फ पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । पाकिस्तानले श्रीलंकालाई २८–३०, २५–१८, २५–२० र २५–२१ ले पन्छायो । हारका बावजुद श्रीलंका पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

योसँगै पुरुषको सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेशविरुद्ध मंसिर १५ गते आइतबार प्रतिस्पर्धा गर्ने छन् ।