इराकी प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

इराकी प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा


इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजीनामा दिने घोषणा गरेका छन् । उनले राजीनामा पत्र संसद्मा पेश गर्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् । इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाव दिएका थिए । यसपछि प्रधानमन्त्री मेहदीले राजीनामाको घोषणा गरेका हुन् ।

सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार (१३ मंसिर) राजीनामा दिने घोषणा गर्दै भनेका छन्– ‘मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसद्मा पेस गर्नेछु ।’

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजारभन्दा बढी घाइते भएका एएफपीले जनाएको छ । पछिल्लो विवरणअनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।