आजको पञ्चाङ्ग एवम् राशिफल (९ मंसिर २०७६ सोमबार, २५ नोभेम्बर २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ मंसिर २०७६ सोमबार, २५ नोभेम्बर २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

हेमन्त ऋतु श्रीशाके १९४१ नेपाल संम्वत् ११४० वि.सं. २०७६ मंसिर ९ गते सोमबार तद्अनसार सन् २०१९ नोभेम्बर २५ तारिख मार्गशीर्ष कृष्ण चतुर्दशी तिथि स्वाति नक्षत्र शोभन योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । बालाचतुर्दशी ।

आजको राशिफल :

मेष राशि – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्त्व बढ्ला ।

बृष राशि – नयाँ सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख आनन्द प्राप्त होला । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । व्यस्तता बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक सुख–शान्ति बढ्ला ।

मिथुन राशि – मिठो भोजन प्राप्त होला । शुभ काममा आकर्षण बढ्नेछ । यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । आरोग्यता बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखक रहला । मान प्रसिद्धि बढ्नेछ ।

कर्कट राशि – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । जोखिममा नपर्नु बेस होला ।

सिंह राशि – आयवर्द्धक कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभा–समारोहमा मान पुरस्कार भेटिनेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । आयवर्द्धक काम बन्ला । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख–सुविधा बढ्नेछ ।

कन्या राशि – यात्रापरक काममा रुचि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्त्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला राशि – आयमूलक कर्ममा रुचि बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्त सुख मिल्नेछ ।

वृश्चिक राशि – रोकिएको काम बन्ला । नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । समयबाट बढी फाइदा लिनु हितकर रहला । राजकाजमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । विवाद आदिमा नपर्नु हितकर रहला । अरुको भर नपर्नु बेस होला ।

धनु राशि – समयले साथ दिनेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मान–पुरस्कार मिल्नेछ ।

मकर राशि – साहसिक काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तान सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । शुभ समाचार मिल्नेछ । मान महत्व बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनु हुनेछ । आंट उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । लोभ–लालच इर्ष्या–द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुनेछैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको सहयोगमा कमी आउने छैन ।

मीन राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । मान महत्त्वमा वृद्धि हुनेछ । आशा उत्साह जाग्नेछ । आँट साहस बढ्नेछ । धैर्यले काम लिनु हितकर रहला । हाँसविलासमा आकर्षण होला । यात्रामा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।