पोखरामा काङ्ग्रेसको भब्य ऱ्याली

पोखरामा काङ्ग्रेसको भब्य ऱ्याली


प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत कास्की क्षेत्र नं २ (पोखरा)मा हुने नेपाली काङ्ग्रेसले शीर्ष नेतासहितको विशाल ऱ्याली निकालेको छ ।

पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङलगायत नेता सहभागी ऱ्याली चिप्लेढुङ्गाबाट न्यूरोड, सभागृह हुँदै पृथ्वीचोक पुगी सभामा परिणत भएको थियो ।

सो सभामा काङ्ग्रेस नेताहरूले वर्तमान सरकारका संविधानविरोधी, अलोकतान्त्रिक प्रवृत्तिलाई सच्याउनका लागि उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने तर्क गरे ।

ज्ञातव्य छ, कास्की क्षेत्र नं २ मा ६ दशक योगदान गरेका त्यागी निष्ठावान् नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको छ । सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले आफू सधैं जनताका पक्षमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

pict:rss