■ आरके श्रीवास्तव, रौतहट
रौतहटको गरुडा नगरपालिका वडा नं. ६ (साविक पोठीयाही गाविस वडा नं. ६) बस्ने नथुनी राय यादवको छोरा उमेश राय यादव लाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । जोगिन्द्र प्रसाद चौधरीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी उमेश राय यादव समेत भएको डकैती मुद्दामा फरार रहेका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रौतहट जिल्ला अदालतले गत ०६५ पौष १६ गते यादवलाई ६ वर्ष कैद र ६७ हजार पाँच सय जरिवाना सुनाएको थियो । ११ वर्षदेखि फरार रहेका उनलाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार (मंसिर ५) पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिँहको कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई बिहीबार नै रौतहट जिल्ला अदालतमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया