स्तरोन्नतिपछि भद्रपुर विमानस्थल पुनः सञ्चालन

स्तरोन्नतिपछि भद्रपुर विमानस्थल पुनः सञ्चालन


झापाको एक मात्र विमानस्थल भद्रपुर विमानस्थल १० दिनपछि (आज) शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएको जनाएको हो ।

गत कात्तिक २६ गतेदेखि मंसिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले बताए । उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन ।

सो धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु. १० करोड २३ लाख खर्च भएको उनको भनाइ छ । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो ।
rss