प्रदेशको तर्फबाट आवश्यक बजेट दिने मुख्यमन्त्रीको प्रतिबद्धता

प्रदेशको तर्फबाट आवश्यक बजेट दिने मुख्यमन्त्रीको प्रतिबद्धता


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद प्रतियोगिताको लागि बजेट प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार (५ मंसिर) दक्षिण एशियाली खेलकुद (साग) तयारीको लागि निर्माणाधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरीक्षण गर्दै उनले पुर्वाधार निर्माणको लागि केही रकम तत्कालै क्याबिनेट बैठक बसेर विनियोजित गरिदिने बताएका हुन् ।

‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरी विनियोजित गर्छौं, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’– मुख्यमन्त्री गुरुङले भने ।

मुख्यमन्त्रीसहित सामाजिक विकासमन्त्री नरदेवी पुन, १३औँ साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी र संचारकर्मी लगायतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधिन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समितिका पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।