आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर शुक्रबार २०७६, २२ नोभेम्बर २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर शुक्रबार २०७६, २२ नोभेम्बर २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु वि.सं. २०७६ मंसिर ६ गते शुक्रबार तद्अनुसार सन् २०१९ नोभेम्बर २२ तारिख मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि ७ः२ पर एकादशी तिथि उत्तराफाल्गुणी नक्षत्र विष्कुम्भ योग भद्रा करण ७ः२ पर कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । गुह्येश्वरी यात्रा, स्मार्तानां उत्पतिका एकादशीव्रतम् ।

आजको राशिफल :

मेष राशि – मिठो भोजन मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धिक काम बन्नेछ । वार्तामा सफलता भेटिनेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा रुचि बढ्ला ।

बृष राशि – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । मान गौरव बढ्नुसँगै वार्तामा पनि सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन राशि – बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट राशि – रसरागमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै लगानी बढ्ला ।

सिंह राशि – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनु हुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढला । जीवनसाथीको सहयोग मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कन्या राशि – साहसिक कर्ममा रुचि बढ्ला । उन्नति–पदोन्नति होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ संभावना देखापर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला राशि – शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । साहसिक कर्ममा प्रवृत्ति बढ्ला । ख्याति फैलिनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । मिठो भोजन खान पाउनुहुनेछ । सार्थक कार्यमा आकर्षण बढाउनु बेस होला ।

वृश्चिक राशि – सुखशान्ति समृद्धि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

धनु राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलामा प्रवृत्ति होला । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

कुम्भ राशि – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्र सन्तान प्रेमपात्रको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन राशि – बढी प्रयास र परिश्रमले सफलता प्राप्त होला । जोखिममा नपर्नु हितकर रहला । शुभता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भर नबसी आफ्नै बल–विवेकले काम गर्नु हितकर होला । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।