राजपाको संयोजकमा पुनः राजेन्द्र महतो

राजपाको संयोजकमा पुनः राजेन्द्र महतो


राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन् । राजपाको विधानमा चक्रीय प्रणालीअन्तर्गत अध्यक्षमण्डलको संयोजक दुई–दुई महिनामा परिवर्तन हुने प्रावधान छ । सोहीअनुसार आज (५ मंसिर) देखि महतो पुनः संयोजक भएका हुन् ।

बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बुधबार बसेको अध्यक्षमण्डलको बैठकले यसबारे निर्णय गरेको थियो । यसअघि राजपा अध्यक्षमण्डलको संयोजक महन्थ ठाकुर थिए ।

अध्यक्षमण्डलको बैठकले तदर्थ समिति गठन निर्देशिकाअनुसार अहिलेसम्म पनि काम सम्पन्न नभएको २० दिनको समय थप गरिएको निर्णय गरेका बताइएकोे छ । केन्द्रीय पर्यवेक्षकहरु अ–आफ्नो क्षेत्रमा गई मंसिर २५ गतेसम्म गठनसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरेर केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन राजपा अध्यक्षमण्डलले निर्देशन गरेको छ ।