प्रहरी कार्यालयमा आक्रमण गर्ने १८ जिहादी मारिए

प्रहरी कार्यालयमा आक्रमण गर्ने १८ जिहादी मारिए


बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतंककारीहरू’ मारिएका अधिकारीहरूले जनाएका छन् ।

सुरक्षाकर्मीतर्फ भने एकजना प्रहरी मारिएका र अरू सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणकारी जिहादीहरूले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जीपीएसलगायतका साधन घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सैन्य अधिकारीहरूका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरू ३२ जनाको मृत्यु भएको थियो । देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीहरूको हिंसा नियन्त्रण गर्न बुर्किन फासो असफल भएको छ ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट (आईएस)सँग पनि नजिक रहेको बताइएको छ ।

यिनीहरूले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरूमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् ।

rss-aafp