कँडेललगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा राखिएका पाँच जनालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले टीकाप्रसाद कँडेल, विर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

अदालतद्वारा बुधबार (४ मंसिर) जारी आदेशमा भनिएको छ, ‘निजहरुले कुनै पनि अशान्ति मच्चाउने खालको फौजदारी कसुर गरेको देखिँदैन, गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाइएको देखिँदा तत्काल थुनामुक्त गर्नु ।’

गैरकानूनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गर्दै टीकाप्रसाद कँडेलले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चको आदेशपछि कँडेललगायत हिरासतमुक्त भएका छन् ।

प्रतिक्रिया