‘नेप्से लगातार ओरालो’

‘नेप्से लगातार ओरालो’


धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार (४ मंसिर) पनि नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा र सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले घटेर २४८.६७ मा पुगेको छ ।

स्टकका अनुसार कुल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर तीस करोड ३७ लाख २४ हजार २०४ मा खरिद–बिक्री भएको छ । कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर उकालो लागेको छ । बैङ्किङ ०.५७ र व्यापार ३२.९९ अङ्कले बढ्दा होटल ६.६२, विकास बैङ्क २.३८, जलविद्युत् २.८१, वित्त ०.७७, निर्जीवन बीमा २४.२५, उत्पादन १६.५८, अन्य २.७१, लघुवित्त ३.४४, जीवन बीमा ३०.३७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा एनएमबी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको शेयर ३ करोड ५४ लाख ९९ हजार ९५७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । यसैगरी नेपाल बैङ्कको २ करोड ६८ लाख ५५ हजार २५४, नविल बैङ्कको २ करोड १८ लाख ४० हजार ९५९, प्राइम कमर्शियल बैङ्कको १ करोड २२ लाख २२ हजार ३२४, प्रभु बैङ¬्कको रु ९८ लाख २९ हजार ४० र हिमालयन डिस्टिलरीको शेयर रु ८८ लाख १२ हजार २९२ मा खरिदबिक्री भएका छन् ।

परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ९.९७ प्रतिशतले कमाएको स्टकले जनाएको छ । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ८.०२, माउन्टेन हाइड्रो नेपाल ६.४९, जोशी हाइड्रोपावर डेभलपमेन्ट ५.२६ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाए भने रिडी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले ६.६६ प्रतिशतले गुमाउँदा तारागाँउ रिजेन्सी होटल लिमिटेड ४.०५, नविल समृद्धि फण्ड¬–१ को ३.८५, खानीखोला हाइड्रोपावर ३.८४, नेशनल हाइड्रो पावर कम्पनी ३.८४ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाएको जनाइएको छ ।