मन्त्रिपरिषदको पुनर्गठन, शपथ ग्रहण बिहीबार हुने

मन्त्रिपरिषदको पुनर्गठन, शपथ ग्रहण बिहीबार हुने


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । अधिकांश मन्त्रीलाई यथावत राखेर केही नयाँ अनुहार क्याबिनेटमा समेटेका प्रम ओलीले हृदयश त्रिपाठी, रामेश्वर राय यादवदेखि घनश्याम भुषालसमेतलाई मन्त्री नियुक्त गरी राष्ट्रपतिसमक्ष पुनर्गठित मन्त्रीपरिषदको सूची पठाएका छन् ।

ओली मन्त्रिमण्डलमा समावेस गरिएका नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ छन् भने राज्यमन्त्रीहरुमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, मन्त्रिमण्डलबाट बाहिर पर्नेहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव रहेका छन् । राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

नयाँ मन्त्रीहरूको पद तथा गोपनियताको शपथ बिहीबार (५ मंसिर) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा गराउने कार्यक्रम रहेको छ ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषदका सदस्यहरुको सूची-