धमलाद्वारा प्रतिबन्धित नेकपा परित्याग

धमलाद्वारा प्रतिबन्धित नेकपा परित्याग


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो पार्टी परित्याग गरेका छन्। धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो पार्टी परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने जानकारी दिएका हुन् ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गरेका छन् ।

ज्ञात रहोस्, धमला तत्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत थिए । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुन् ।