पश्चिम नेपालमा भूकम्प

पश्चिम नेपालमा भूकम्प


सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर मंगलबार (३ मंसिर) साँझ भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ः१५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतसम्बद्ध कर्मचारी शारदा ढकालका अनुसार सुदूरपश्चिमसँगै कर्णाली, प्रदेश ५ का विभिन्न जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन ।