कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गरेका हुन् ।

‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय समेटिएका छन् ।

प्रतिबद्धतापत्रमा कांग्रेसका संस्थापक बिपी कोइरालाको कार्यकालदेखि गणतन्त्रसम्म कांग्रेस नेतृत्वको सरकारले गरेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका प्रगतिबारे विस्तृत उल्लेख गरिएको छ । त्यस्तै प्रतिबद्धतापत्रमा राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार, निर्मला प्रकरण, मूल्यवृद्धि, वाइडबडी छानबिन प्रकरण, बूढीगण्डकी आयोजना, चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक, बालुवाटारकाण्डलगायत २१ प्रकरणमा वर्तमान सरकार असफल भएकोसमेत उल्लेख छ ।