प्रधानसेनापति थापा र भारतीय जनरलबीच भेटवार्ता

प्रधानसेनापति थापा र भारतीय जनरलबीच भेटवार्ता


प्रधानसेनापति पूर्णचन्द्र थापासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शान्तनु दयालले भेट गरेका छन् । सोमबार (२ मंसिर) नेपाली सेनाको हेडक्वाटर (जंगी अड्डा)मा प्रधानसेनापति र ले.ज. दयालबीच शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुई छिमेकी मुलुकबीच सिमाना बारेको विवाद उठिरहेको परिवेशमा सेनाका उच्चाधिकारीबीच भएको यस भेटवार्तालाई चासोका साथ हेरिए पनि भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।