बालुवाटारमा मिर्गौलापीडितको प्रदर्शन

बालुवाटारमा मिर्गौलापीडितको प्रदर्शन


मिर्गौलापीडितहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार बिहान निःशुल्क हेमोडाइलाइसिसको सुविधा पाउनुपर्ने, जीविकोपार्जनबापतको मासिक भत्ता पाँच हजार उपलब्ध गराउनुपर्ने, डायलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने, बिरामी कुरुवा बस्ने स्थानको उचित व्यवस्था हुनुपर्नेलगायतका माग गर्दै प्रधानमन्त्री निवासअघि प्रदर्शन गरेका हुन् ।

१४ बुँदे ज्ञापनपत्रसहित प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका नाराबाजी गर्दै फर्किएका थिए ।

प्रधानमन्त्री पनि मिर्गौलापीडित भएकोले आफूहरूलाई भेट दिने उनीहरूको आस थियो, तर प्रधानमन्त्रीले भेट नदिएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।