लुकिङग्लास परिवर्तन गरे कारबाही

लुकिङग्लास परिवर्तन गरे कारबाही


महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारबाही थालेको छ । लुकिङग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आइतबार एक सूचना जारी गरी जनाएको छ ।

लुकिङग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको कारबाही अभियानअन्तर्गत शनिबार पहिलो दिन ३ सय ४५ चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लंघनविरुद्ध कारबाही अभियान पनि जारी राखेको जनाएको छ ।