कार दुर्घटनामा एकै परिवारका पाँचको मृत्यु

कार दुर्घटनामा एकै परिवारका पाँचको मृत्यु


भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । उनीहरू सवार कार अर्को सवारीसाधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एक विवाह समारोहमा सहभागी हुन गइरहेको सो कार दुर्घटना हुँदा एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।