भक्तपुर कांग्रेस उम्मेदवारलाई मातृशोक

भक्तपुर कांग्रेस उम्मेदवारलाई मातृशोक


मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नम्बर १ क प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका कृष्ण भँडेललाई मातृशोक परेको छ ।

भँडेलकी आमा सेतीमायाको आइतबार बिहान ५ बजे ८८ वर्षको उमेरमा मृत्यु भएको हो । उनको आजै (आइतबार) पशुपतिमा दाहसंस्कार गरिएको छ ।

कांग्रेसबाट भक्तपुर क्षेत्र नम्बर १ क प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका भँडेल एक्ला छोरा भएकोले आमाको मृत्युसँगै उनको चुनावी अभियानसमेत प्रभावित हुने अनुमान गरिएको छ ।