महाकाली नदीको पानी आधाआधा हुनुपर्ने देउवाको तर्क

महाकाली नदीको पानी आधाआधा हुनुपर्ने देउवाको तर्क


आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने धारणा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अघिसारेका छन् ।

नेपाल महिला सङ्घ कैलालीले शनिबार धनगढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा अचारसंहिताको अक्षरशः पालना हुनुपर्ने जिकिर गरे ।

वर्तमान सरकार जनभावनाविपरीत गएको आरोप लगाउँदै उाले यसको विरुद्धमा सशक्त भएर काम गर्नुपर्ने बेला आएको औंल्याए । भारतसंँग सरकारले सीमा विवादका बारेमा वार्ता गरेर समाधान खोज्नुपर्ने सभापति देउवाको भनाइ थियो ।

भारतले हालै जारी गरेको नक्सा गलत भएकाले सरकारले कूटनीतिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने दोहो¥याउँदै देउवाले महाकाली नदीलाई दुई देशको सिमाना र महाकाली नदीको पानी आधाआधा बाँड्ने महाकाली सन्धिमा उल्लेख रहेकोले भारतले त्यही सन्धिअनुसार कार्यान्वयन गर्नुपर्ने तर्क गरे ।