शिल्पालाई साधारण तारिखमा बस्ने आदेश

शिल्पालाई साधारण तारिखमा बस्ने आदेश


जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार (२९ कात्तिक) अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । शिल्पाविरुद्ध फिल्म निर्माता ओझाकी पहिलो पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् । सो मुद्धामा जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राउ पुर्जी जारी गरेको थियो ।