बडिमालिका एक सातादेखि टेलिफोन सेवाविहीन

बडिमालिका एक सातादेखि टेलिफोन सेवाविहीन


जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिएर टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनुपरेको स्थानीय कर्णबहादुर दानीले बताए । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपतविपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोश पोखेका छन् ।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मनागाड लघुजलविद्युतबाट सिंगलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युतको टर्वाइनमा केही समस्या आएका कारण आफूहरूले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिए । जनताले सहज रूपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मूकदर्शक बनेको स्थानीयको आरोप रहेको छ ।
rss