युवा संघको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो

युवा संघको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुंग्याएको छ । संघको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले संघको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुंग्याएको संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमालेनिकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय संगठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुंग्याउने संघ पहिलो संगठन हो ।

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुंग्याउनेछन् । संघको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी शनिबार काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मंसिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको संघका संयोजक सापकोटाले जानकारी दिए ।

हेर्नुहोस्, कुन जिल्लामा को ?

[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/11/ycl.pdf”]