कीर्तिपुरमा बेवारिसे शव फेला

कीर्तिपुरमा बेवारिसे शव फेला


कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५–४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालयनजिकै बिहीबार बिहान फेला परेको हो ।

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।