विद्युत चोरीमा संलग्न ५२ पक्राउ

विद्युत चोरीमा संलग्न ५२ पक्राउ


बाराबाट विद्युत चोरीमा संलग्न रहेको भन्दै प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएका कर्मचारी र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई बाराको महागढीमाई नगरपालिकाका ४, ५, ६, ८ र ११ वडाका विभिन्न टोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।