बन्दी, मजदुर र सुकुम्बासीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण


बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियाबस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्साचालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरी रहेका छन् ।

वर्ल्ड चिल्ड्रेन पुरस्कारबाट सम्मानित समाजसेवी रानामगरले मंगलबार बिहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो स्वीटरलगायतको शैक्षिक सामग्री वितरण गरेकी हुन् । ती सामान हङकङमा रहने नोर्बु शेर्पाले सौजन्य गरेको सो अवसरमा उनले जानकारी दिइन् ।
rss

प्रतिक्रिया