कोकिनसहित विदेशी नागरिक पक्राउ

कोकिनसहित विदेशी नागरिक पक्राउ


नेपाल प्रहरीले दुई किलोग्राम कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले दुई किलोग्राम १०० ग्राम कोकिनसहित ब्राजिलका नागरिक ६१ वर्षीय सर्जियो ट्रस ओगावालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले ब्राजिलको सापाउलोबाट कतार एयरवेजको उडानद्धारा दोहाहुँदै नेपाल आएका ओगावालाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

‘कालो रङको सुटकेशमा खानतलासी गर्दा कालो रङको पेपरमा बेरेर फल्सबटम बनाई ल्याएको अवस्थामा चेकजाँचका क्रममा पक्राउ गरेका हौँ’, उहाँले भन्नुभयो ।

पक्राउ परेका ओगावालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको लामाले बताउनुभयो ।

‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ ।

पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरूको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुिक्त लिई भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ । सैनिक सेवाबाट आफूखुशी भगौडा भएका जो कोहीलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ ।