इजरायली सुरक्षाकर्मीको गोलीबाट प्यालेस्टिनीको मृत्यु

इजरायली सुरक्षाकर्मीको गोलीबाट प्यालेस्टिनीको मृत्यु


दक्षिणी स्वेस्ट ब्याङ्कमा इजरायली सुरक्षाकर्मीद्वारा एक प्यालेष्टिनी नागरिक मारिएका छन् । प्यालेष्टिनीले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुँदा अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

बताइएअनुसार अल अरुब शरणार्थी शिविरमा इजरायली सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर एक प्यालेस्टायनीको मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका युवालाई उपचारका लागि तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले उनलाई तत्काल मृत घोषित गरेका थिए ।

इजरायली सैनिकहरुले प्रहार गरेको अश्रुग्यासका कारण धेरै प्रदर्शनकारी घाइते तथा बिरामी भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको अवस्था स्थिर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।