अनेसास जापानको बैठक सम्पन्न

अनेसास जापानको बैठक सम्पन्न


■ श्याम क्षेत्री, टोकियो

अनेसास जापानको छैठौँ कार्यसमितिको बैठक आइतबार टोकियोमा सम्पन्न भएको छ। प्रारम्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धासुमन अर्पण गरी शुरु भएको बैठकमा जापान भ्रमणमा रहनुभएका अनेसास पर्थ च्याप्टर (अष्ट्रेलिया)का अध्यक्ष निरज क्षेत्रीलाई सम्मान गरिएको थियो।

बैठकले अनेसास जापान च्याप्टरको आगामी ११औँ अधिवेशन आउँदो डिसेम्वर १ तारिकका दिन टोकियोमा गर्ने र अनेसासको तेस्रो अन्तराष्ट्रिय च्याप्टर सम्मेलन २०२० जनवरी १०, ११ र १२ तारिखका दिन टोकियोमा गर्ने निर्णय गरेको बताइएको छ ।

साथै, अनेसास जापान च्याप्टरको ११औँ अधिवेशनलाई साहित्य समाजभित्रको उदाहरणीय र सौहर्दपूर्ण वातावरणमा सम्पन्न गर्न अनेसास जापानका संस्थापक सदस्य बेलुकाजी थापा संयोजक रहने गरी अधिवेशन निर्वाचन कमिटीको समेत गठन गरिएको छ ।

अनेसासका अध्यक्ष दीप पाठकले विश्वभरबाट नेपाली साहित्यकारहरुको बाक्लो उपस्थिति रहने अनेसासको तेस्रो सम्मेलनमा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यका साथै साहित्यप्रेमी महानुभावलाई अनुरोध गर्नुभएको छ ।