‘मातृभूमिका लागि नेपाली’को ‘गोवा कमिटी’ गठन

‘मातृभूमिका लागि नेपाली’को ‘गोवा कमिटी’ गठन


‘मातृभूमिका लागि नेपाली’को गोवा (भारत) कमिटी गठन गरिएको छ । उक्त अभियानका भारत संयोजक सुशील देवकोटाको संयोजकत्वमा आज (२४ कात्तिक, नोभेम्वर १०) गोवा कमिटी गठन गरिएको हो ।

अभियन्ता देवकोटाको उपस्थिति एवम् संयोजकत्वमा नवगठित कमिटीमा कृष्ण सिंह सामन्त (अध्यक्ष), सुश्री मेलिना गायक (उपाध्यक्ष), मदन सामन्त (सचिव), अर्जुन सुनार (सह–सचिव) र विराज चन्द (कोषाध्यक्ष) रहनुभएको छ ।

समितिका सदस्यहरूमा उमेश महरा, जगत धामी, भवन भाट, सुरेश धामी, महेश धामी र गगन सामन्त छानिएका संयोजक देवकोटाले जानकारी दिनुभयो ।

कमिटी गठनका क्रममा उपस्थित अभियन्ताहरूलाई सम्बोधन गर्ने क्रममा मातृभूमिका लागि नेपालीका भारतका लागि संयोजक देवकोटाले मातृभूमिका लागि नेपालीको नाममा संगठित हुनुपर्ने आवश्यक्ता किन पऱ्यो भन्नेबारे जानकारी दिनुभयो । यसको शुरूवात गोवाबाट गर्न पाएकोमा आफूलाई धेरै खुशी लागेको भन्दै चाँडै भारतका अन्य शहरहरूमा समेत मातृभूमिका लागि नेपालीको कमिटी विस्तार गरिने बताउनुभयो ।

सोही अवसरमा नवनियुक्त अध्यक्ष कृष्ण सिंह सामन्तले नेपाललाई हिन्दूराष्ट्र कायम गराउन अघिबढेको यस अभियानमा आफूले भारतको एउटा प्रमुख पर्यटकीय नगरको नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै अभियानलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो ।

सचिव मदन सामन्तले देशमा जन चाहनाविपरीत लादिएको संघियता र आरक्षण देश विकासमा बाधक रहेकोले त्यसलाई खारेज गर्न शुरु गरिएको अभियानसँग जोडिन पाएकोमा आफूलाई गर्व लागेको बताउनुभयो ।

कमिटी गठन गरिएपछि नवगठित कमिटीका अध्यक्षलगायत अन्य पदाधिकारीलाई संयोजक देवकोटाले शपथ दिलाउनुभएको थियो । साथै, कोषाध्यक्ष विराज चन्दको अग्रसरतामा तत्काल नयाँ सदस्य बनाउने कार्यको समेत थालनी गरिएको बताइएको छ ।