‘जी वान’ तेक्वान्दोमा नेपाली खेलाडीको ऐतिहासिक प्रदर्शन

‘जी वान’ तेक्वान्दोमा नेपाली खेलाडीको ऐतिहासिक प्रदर्शन


विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ)को जी–वान मान्यता प्राप्त तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको क्रममा यतिबेला चीनको सिहान शहरमा प्रशिक्षणमा रहेको तेक्वान्दो टोलीले १ रजत ५ काश्य पदक जितेर कीर्तिमान कायम गरेको हो ।

डब्लुटिएफको अफिसियल खेलमा नेपाली खेलाडीहरुले पदक प्राप्त गरेको यो पहिलो अवसर हो । तेक्वान्दो खेलाडीले अफिसियल प्रतियोगितामा पदक जित्न सफल भएपछि टोली प्रमुख तथा मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले खुशी प्रकट गरेका छन् । मुख्य प्रशिक्षक श्रेष्ठले यो सफलतालाई ऐतिहासिक सफलताको संज्ञासमेत दिएका छन् ।

श्रेष्ठले यो प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिदै नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा यो प्रदर्शनले उत्कृष्ट नतिजा ल्याउने दाबी समेत गरे । विगतका केहि वर्षदेखि साग खेलकुदमा कमजोर प्रदर्शन गर्दै आएका तेक्वान्दो खेलाडीले यो अफिसियल च्याम्पियनसिपमा पदक जितेपछि अहिले मुख्य प्रशिक्ष श्रेष्ठको चर्चा पनि चुलिएको छ । श्रेष्ठले मुख्य प्रशिक्षको जिम्मेवारी सम्हालेको थोरै समयमा उत्कृष्ट नतिजा दिएपछि अहिले खेलकुदमा उनको चर्चा चुलिएको छ ।

च्याम्पियनसिपमा ऐतिहासिक पदक जित्ने क्रममा ज्ञानेन्द्र हमालले रजत पदक जितेका थिए । त्यस्तै काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कास्य पदक जितेका थिए । प्रतियोगिता कार्तिक २१ देखि २३ गतेसम्मभ चीनको सिहान शहरमा संचालन भएको थियो ।

प्रतियोगिताको महिलातर्फ ४६ केजी मुनीमा काजल श्रेष्ठ, ४९ केजीमा युनिसा राई, ७३ केजीमा निसा रावल र पुरुषतर्फको ५४ केजीमा मनोज मल्ल, ८७ केजीमा भुपेन श्रेष्ठ, यी खेलाडीहरुले हङकङ, अफगानिस्तान, चीनका खेलाडीलाई पराजित गर्दै काँश्य पदक जितेका थिए ।

पुरुषतर्फ ज्ञानेन्द्र हमालले चीनका खेलाडीलाई १६–१५, कोरियाली खेलाडीलाई १७–३० सेमिफाइनलमा चीन खेलाडीलाई २९–३७ हराउदै फाईनलमा प्रबेश गरेका थिए । तर हमाल फाइनलमा चीनका खेलाडीसंग ३२–१५ ले पराजित हुदै रजत पदक जित्न सिमित भए ।

उक्त प्रतियोगिताको टोली प्रमुख तथा मुख्य प्रशिक्षकको नेतृत्व नबिन कुमार श्रेष्ठले गरेका थिए । त्यस्तै अन्य प्रशिक्षकहरुमा कोरियाली प्रशिक्षक क्यान योङ दाल, ओलम्पियन संगीन बैद्य र दीपक विष्ट रहेका थिए ।