दुर्गालाल र मातृदासलाई व्यथित काव्य सम्मान

दुर्गालाल र मातृदासलाई व्यथित काव्य सम्मान


व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ । आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले नगद भेटीसहित उक्त सम्मान अर्पण गर्नुभएको हो ।

कार्यक्रमा कूलपति उप्रेति प्रमुख अतिथि, प्राज्ञ जगत प्रेक्षित र प्राज्ञ डा. हेमनाथ पौडेलको उपस्थिति रहेको थियो । भारद्वाज मित्रको सभापतित्व र त्रिलोचन आचार्यले सञ्चालन गरेको उक्त समारोहमा प्रलेसका अध्यक्ष डाक्टर जीवेन्द्रदेव गिरी, महाकाव्यकार रमेश खकुरेलले वधाई तथा शुभकामना, संस्थाका सचिव मोहन दुवालले सम्मानित प्रतिभाको परिचयात्मक चर्चा, डा. तुलसी भट्टराईले कवि व्यथितको साहित्यिक योगदानको बारेमा प्रकाश पार्नुभएको र संस्थाका सदस्य गम्भीरलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा कविहरू डा. रामप्रसाद ज्ञवाली, डा. विदुर चालिसे, गंगा पौडेल, गीता सापकोटा, आर. एम. डंगोल र जगन्नाथ आचार्यले कविता वाचन गर्नुभएको थियो । समारोहमा समाजसेवी तथा गायक आनी छोइङ डोल्माले गीत प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रमा साहित्यकार भारद्वाज मित्रले ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’को लागि रू. १,११,१११/- को अक्षय कोषको घोषणा गरी जनमत वाङ्मय प्रतिष्ठानबाट सञ्चालन गर्न साहित्यकार मोहन दुवाललाई हस्तान्तरण गर्नुभएको छ ।